१० मिनेटकाे अन्तरमा दक्षिण कोरियाको पोस्टमा घानाको २ गोल

१० मिनेटकाे अन्तरमा दक्षिण कोरियाको पोस्टमा घानाको २ गोल

काठमाडौं : कतारमा जारी विश्वकप अन्तरगत समूह ‘एच’को खेलमा सोमबार घानाले दक्षिण कोरियालाई पहिलो हाफमा २–०ले पछि पारेको छ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलको २४औं र ३४औं मिनेटमा गोल गर्दै घानाले २–०को अग्रता बनाएको हो। घानाका लागि मोहम्मद सालिसुले २४औं मिनेटमा र मोहम्मद कुडुसले ३४औं मिनेटमा गोल गरे।

आफ्नाे पहिलो खेलमा घाना पोर्चुगलसँग ३–२ गोलले पराजित भएको थियो भने दक्षिण कोरियाले उरुग्वेलाई गोलरहीत बराबरीमा रोकेको थियो।

अंकतालिकाम पोर्चुगल स्पष्ट तीन अंकसहित शीर्षस्थानमा छ भने उरुग्वे र दक्षिण कोरिया १–१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा हुँदा घाना अंकविहीन बन्दै चौथो स्थानमा छ।

मंसिर १२, २०७९ सोमबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।