उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न आयोगको निर्देशन

काठमाडाैं : उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आइतबारदेखि यो क्षेत्रमा मतगणना स्थगित भएको थियो।
निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुन: सुरू गर्न निर्देशन दिएका छन्।
आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुन: सुरू गर्ने तयारी छ। प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।
यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ। कांग्रेसका नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि हुँदा एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरीले पछ्याइरहेकी छन्।
यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ र चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएका छन्।
मंसिर १२, २०७९ सोमबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।