६ गोल भएर बराबरीमा सकियो क्यामरुन र सर्बियाबीचको खेल

६ गोल भएर बराबरीमा सकियो क्यामरुन र सर्बियाबीचको खेल

काठमाडाैं : विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ।

समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन्। खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो।

जिन चार्ल्स क्यास्टेलेटोले खेलको २९औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको थियो।

सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे।

दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर मिट्रोविचले गोल गर्दै सर्बियाको अग्रता फराकिलो बनाए।

तर, ३ मिनेटको अन्तरमा क्यामरुनले दुई गोल फर्कायो।

भिन्सेन्ट अबुबकार र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेल बराबरी गरे।

दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ। दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए।

मंसिर १२, २०७९ सोमबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।