सुकुम्बासी बस्तीमा बल प्रयोग भएकाेमा मन्त्री भुसाल आपत्ति

सुकुम्बासी बस्तीमा बल प्रयोग भएकाेमा मन्त्री भुसाल आपत्ति

काठमाडौं : उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ,’ उनले फेसबुकमा लेखेकी छन्।

सोमबार दिउँसो महानगर र समितिको टोली एक्स्काभेटर लिएर आएपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीले महानगर र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।

मंसिर १२, २०७९ सोमबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।