इन्जुरी समयमा दुई गोल गर्दै पहिलो हाफमा क्यारुनमाथि सर्बियाको अग्रता

इन्जुरी समयमा दुई गोल गर्दै पहिलो हाफमा क्यारुनमाथि सर्बियाको अग्रता

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलअन्तरगत सोमबारको पहिलो खेलको पहिलो हाफमा सर्बियाले क्यामरुनमाथि २–१ गोलको अग्रता बनाएको छ।

सर्बियाका स्ट्राहिन्जा प्याभ्लोभिक र सेरजेई मिलिन्कोभिक साभिकले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै पछि परेको अवस्थामा अग्रता दिएका हुन्।

प्याभ्लोभिकले इन्जुरी समयको पहिलो मिनेटमा पहिलो गोल गरेर बराबरीमा ल्याउँदा साभिकले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेर टिमलाई २–१को अग्रता दिलाए।

त्यसअघि खेलको २९औं मिनेटमा क्यामरुनका जीन चार्ल्स क्यास्टेलेट्टोले २९औं मिनेटमा गोल गदै टीमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता १७ मिनेट पनि टिक्न सकेन।

मंसिर १२, २०७९ सोमबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।