थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, घरेलु हतियार लिएर निस्किए स्थानीय

काठमाडौं : काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ।
सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरूले ढुंगामुढासहित घरेलु हातहतियार लिएर आक्रमणमा उत्रिएपछि सो क्षेत्र तनावग्रस्त बनेको हो।
सोमबार दिउँसो महानगर र समितिको टोली एक्स्काभेटर लिएर आएपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले अहिले टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले महानगर र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।
मंसिर १२, २०७९ सोमबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।