प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी र स्वतन्त्र पार्टीबीच ३ हजार मतको फरक, अरु कसको कति?

काठमाडौ : प्रतिनिधिसभाको समानुपातिक मतगणना अझै जारी छ। जारी मतगणनामा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तेस्रो हुुने प्रतिस्पर्धा चलिरहेको छ।
पछिल्लो मतपरिणामअनुसार एमाले २५ लाख ३५ हजार मतसहित पहिलो पार्टी बन्दा कांग्रेसले २४ लाख मत ल्याएर दोस्रो स्थानमा छ।
माओवादीले आफ्नो मत बढाएर तेस्रो पार्टी बन्दा रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उसलाई पछ्याइरहेको छ।
माओवादीले १० लाख ६६ हजार मत ल्याउँदा रास्वपाले १० लाख ६३ हजार मत ल्याएको छ। यी दुई दलबीच ३ हजार मतको मात्र फरक छ।
पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार मत ल्याउँदा मधेशवादी दलको छवि बनाएको जनता समाजवादी पार्टीले पनि थ्रेस होल्ड कटाएको छ। उसले ३ लाख २९ हजार मत ल्यायो।
डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीले २ लाख ६६ हजार मत ल्याउँदा माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीले २ लाख ५३ हजार त ल्यायो।
अहिलेसम्म समानुपातिकमा ९३ लाख १७ हजार मत सदर भएका छन्।
मंसिर १२, २०७९ सोमबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।