समानुपातिकतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी

समानुपातिकतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी

काठमाडौं: मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधि सभामा हालसम्म ९३ लाख आठ हजार १६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ।

निर्वाचनका लागि कुल मतदाता एक करोड ७९ लाख आठ हजार ८५० रहेकोमा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।

हालसम्मको गणनामा एमाले अग्रस्थानमा देखिएको छ भने कांग्रेसले दोस्रो स्थानबाट पछ्याइरहेको छ। यस्तै पहिलो संसदीय निर्वाचनमा भाग लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। माओवादी केन्द्र भने चौथो स्थानमा छ।

मंसिर १२, २०७९ सोमबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।