धनकुटाको मूलघाट केन्द्रविन्दु भएर गयो भूकम्प

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं: धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो।

मूलघाट भनेको तमोर नदी आसपासको क्षेत्र हो।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको थियो। केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको ज्यान गएको थियो। यस्तै आठ जना घाइते भएका थिए।

मंसिर १२, २०७९ सोमबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।