विश्वकपमा आज ब्राजिल र पोर्चुगलको छुट्टाछुट्टै खेल

विश्वकपमा आज ब्राजिल र पोर्चुगलको छुट्टाछुट्टै खेल

काठमाडौं: कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज पनि तीन खेल हुँदैछन् भने एक खेल रातिको १२ बजेपछि रहेको छ। आज ब्राजिल र पोर्चुगलको पनि छुट्टाछुट्टै टोलीविरुद्ध खेल रहेको छ। 

आजको पहिलो खेल समूह 'जी'का दुई टोली क्यामरुन र सर्बियाबीच हुनेछ। दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ।

यस्तै आजको दोस्रो खेल समूह 'एच'का दुई टोली दक्षिण कोरिया र घानाबीच हुनेछ। यी दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन्। यो खेल साँझ ६:४५ बाट सुरु हुनेछ।

यस्तै आजको तेस्रो खेल समूह 'जी'का ब्राजिल र स्विट्जरल्याण्डबीच हुँदैछ। राति ९:४५ बाट सुरु हुने यो खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।

राति १२:४५ बजे चाहिँ समूह 'एच'का पोर्चुगल र उरुग्वे भिड्नेछन्। पोर्चुगल दोस्रो जितको खोजीमा हुनेछ भने उरुग्वे पहिलो खेल बराबरी खेलेपछि पहिलो जितको खोजीमा हुनेछ।

मंसिर १२, २०७९ सोमबार ११:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।