धनुषा ४: कांग्रेसका यादव ६८६ मतले अघि लागे

काठमाडौं: मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत धनुषा– ४ मा मतगणना जारी छ। मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्।
मतगणनाको सुरुदेखि नै एमालेका रघुवीर महासेठले अग्रता लिएका थिए। पछिल्ला विवरणअनुसार भने यादव ६८६ मतले अगाडि छन्।
उनले २७ हजार २०६ मत प्राप्त गरेका छन् भने महासेठले २६ हजार ५२० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए।
मंसिर १२, २०७९ सोमबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।