ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु
साङ्केतिक तस्बिर

सप्तरी: डाक्नेश्वरी नगरपालिका- ३ तरहीमा हिजो बेलुकी ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। धान बोकेको गइहेको स१त २१५९ नम्बरको ट्र्याक्टरबाट स्थानीय ४५ वर्षीय चन्द्र मुखिया हिजो बेलुकी सवा ८ बजे खसेका थिए।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी गरिरहेका प्रहरी चौकी तरहीले जनाएको छ।

मंसिर १२, २०७९ सोमबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।