तीन जना सवार स्कुटर सूर्यविनायकमा दुर्घटना, तीनै जनाले गरेका थिए मापसे

काठमाडौं: भक्तपुरको सूर्यविनायक नगरपालिका- ५ चुनदेवीमा आज बिहानै स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।
घाइते हुनेमा स्कुटर चालक ललितपुर गोदावरी नगरपालिका- १ का ३५ वर्षीय सुशान्त कार्की, पछाडि सवार २१ वर्षिय प्रमोद पुरी र झापाका २२ वर्षीय प्रदीप विष्ट रहेको छन्।
घाइते तीन जनाकै मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये विष्टको अवस्था गम्भीर रहेको छ।
आज बिहानै साढे ४ बजे तीन जना सवार प्रदेश३-०२-०१०प ६३७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो। तीन जनाले नै मादक पदार्थ सेवन गरेको र स्कुटर प्रहरी नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातिले जानकारी दिएको छ।
मंसिर १२, २०७९ सोमबार ०९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।