बराबरी खेले स्पेन र जर्मनीले, नकआउटमा पुग्ने सम्भावना छ ?

बराबरी खेले स्पेन र जर्मनीले, नकआउटमा पुग्ने सम्भावना छ ?

काठमाडौं: जारी फिफा विश्वकप आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन्। समूह 'ई' का यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका हुन्।

स्पेनका लागि खेलको ६२औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए। जर्मनीका लागि खेलको ८३औँ मिनेटमा निकलस फूलक्रुगले गोल गरेका थिए।

त्यसअघि खेलको ४०औँ मिनेटमा जर्मनीका एन्टोनी रुडिगरले गरेको गोल भीएआरले अफसाइड देखाएको थियो।

खेल बराबरीमा टुङ्गिएसँगै नकआउटमा पुग्ने दुवै टोलीको सम्भावना उत्तिकै छ। हाल अंकतालिकामा यो समूहमा स्पेन २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ। जर्मनीको २ खेलमा १ अंक मात्र छ। जर्मनी तालिकामा पुछारमा समेत छ।

यो समूहमा जापान दोस्रो स्थानमा र कोस्टारिका तेस्रो स्थानमा छ। अब कुन-कुन टोली अन्तिम १६ मा पुग्छन् भन्ने निर्क्यौल स्पेन र जापान तथा कोस्टारिका र जर्मनीबीचको खेलले टुङ्गो लगाउनेछ।

जर्मनी कोस्टारिकाविरुद्ध हारे वा बराबरी खेले विश्वकपमा समूह चरणबाटै बाहिरिनेछ। यस्तै जितेमा पनि सहज छैन। स्पेन र जापानबीचको खेलको नतिजामा निर्भर हुनुपर्नेछ। त्यसमा पनि जर्मनीले स्पेनको जितको कामना गर्नुपर्नेछ।

मंसिर १२, २०७९ सोमबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।