एमालेका खतिवडालाई हराउँदै मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

एमालेका खतिवडालाई हराउँदै मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

काठमाडौं: मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन्। एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयले शनिबार साँझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्बूले २५ हजार ७९४ मत ल्याउँदा खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरेका थिए। विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए।

यस्तै प्रदेश सभा १ (क) तर्फ नेकपा एमालेका उमाकान्त खनालले माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार ५२७ मतले पछि पार्दै विजयी हासिल गरे। एमालेका गौतमले १३ हजार ५३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका थिए।

यस्तै प्रदेश १ (ख) मा पनि एमालेका खड्गबहादुर बस्नेतले एकीकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरेलाई ६७६ मतले पछि पार्दै विजय हासिल गरे।

एमालेका बस्नेतले १४ हजार ५३९ मत प्राप्त गरे भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका घिमिरेले १३ हजार ८६३ मत प्राप्त गरे।

मंसिर ११, २०७९ आइतबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।