ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

झापा: झापाको मेचीनगर नगरपालिका- ७ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर- ७ का २४ वर्षीय मीनबहादुर उप्रेती, २४ वर्षीय अमृत सुन्दास, मेचीनगर- ८ का २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ति गाउँपालिका- १ का ३२ वर्षीय अर्जुन तामाङ रहेका छन्।

हिजो बेलुका ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेको हो।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

मंसिर ११, २०७९ आइतबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।