पाल्पामा समानुपातिकतर्फ एमाले अगाडि, रास्वप तेस्रो स्थानमा

काठमाडौं: पाल्पामा समानुपातिकतर्फ एमाले अग्रस्थानमा रहेको छ। एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको पाल्पामा ५० हजार १२३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ। कांग्रेसले ३७ हजार ९७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ८१३, माओवादी केन्द्रले पाँच हजार ७९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार १९८, एकीकृत समाजवादीले एक हजार ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ५४२, राष्ट्रिय जनमोर्चाले ६३२, राष्ट्रिय जनमुक्ति पार्टीले ५४०, जनमत पार्टीले १३० मत प्राप्त गरेको छ।
प्रदेश सभातर्फ पनि ५५ हजार ३०६ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ। कांग्रेसले ३९ हजार ८६८ मत पाएको छ। माओवादी केन्द्रले आठ हजार २१६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार ९०५, एकीकृत समाजवादीले तीन हजार ७४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले ७४८, हाम्रो नेपाली पार्टीको ४९४, जनमत पार्टीले २४९, जनता समाजवादी पार्टीले २४२, नेपाल आमा पार्टीले १७७, नेकपा मार्क्सवादी लेनिनवादीले १४८, जनसमाजवादी पार्टीले १०६ मत प्राप्त गरेको छ।
जिल्लामा दुई लाख एक हजार ३२६ मतदाता रहेकामा प्रतिनिधि सभातर्फ एक लाख २१ हजार ५९७ मत खसेको थियो भने तीन हजार ५४५ मत बदर भएको छ। प्रदेशतर्फ एक लाख २२ हजार ४४२ मत खसेको थियो।
यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार २३९ मत बदर हुन पुगेको छ।
मंसिर ११, २०७९ आइतबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।