तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस अगाडि

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस अगाडि

काठमाडौं: तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस अगाडि रहेको छ। जिल्लाका दुवै प्रतिनिधि सभा क्षेत्रमा समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो।

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार ३५२ मत प्राप्त गरेको छ। एमालेले ३९ हजार ४४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ८६८, माओवादी केन्द्रले १२ हजार ५५७ र एकीकृत समाजवादीले एक हजार ३९० मत प्राप्त गरेको छ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए। एमालेले १६ हजार ६४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७३९, माओवादी केन्द्रले सात हजार ३१०, राप्रपाले तीन हजार ५३९, एकीकृत समाजवादीले ९४६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४५६, राष्ट्रिय जनमुक्ति पार्टीले ३६१, जनता समाजवादी पार्टी नेपालले ३२२, हाम्रो नेपाली पार्टीले २२३, नेकपा मालेले २१२, जनमत पार्टीले १६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ।

यस्तै तनहुँ–२ मा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए। एमालेले २२ हजार ८०४, कांग्रेसले २२ हजार २६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १२९, माओवादी केन्द्रले पाँच हजार २४७, राप्रपाले एक हजार ७३४, मङ्गोल नेशनल अर्गनाइजेशनले ६२५, एकीकृत समाजवादीले ४४४, राष्ट्रिय जनमुक्ति पार्टीले ४२९, हाम्रो नेपाली पार्टीले ४१७, नेकपा मालेले १३४, जनता समाजवादी पार्टीले १०१, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ।

कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधि सभामा विजय हासिल गरेको छ। त्यस्तै तनहुँ–१ (क) र तनहुँ–२ (ख)को प्रदेश सभामा विजय हासिल गरेको छ। एमालेले तनहुँ–२ (क) र माओवादी केन्द्रले तनहुँ–१ (ख) को प्रदेश सभामा विजय हासिल गरेको छ।

मंसिर ११, २०७९ आइतबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।