नेम्वाङ १३० मतले अघि हुँदा इलाम–२ मा रोकियो मतगणना

नेम्वाङ १३० मतले अघि हुँदा इलाम–२ मा रोकियो मतगणना

काठमाडाैं : इलाम–२ मा मतगणना रोकिएको छ।

इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको हाे।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ।

सो वडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि हुनुहुन्छ। उहाँ त्यसअघिको वडामा १६ मतले पछि परेका छन्।

मंसिर १०, २०७९ शनिबार २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।