१६५ मध्ये १५१ स्थानको नतिजा आउँदा कुन पार्टीले कति सिट जिते ?

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
१६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १५१ निर्वाचन क्षेत्रको मतपरिणा आइसक्यो। मतपरिणामको प्रारम्भिक नतिजा आएसँगै दलका नेताहरूबीच सरकारको अंकगणीतबारे पनि चर्चा सुरु भएको छ।
१५१ स्थानमा सबैभन्दा बढि सिट नेपाली कांग्रेसले जित्दा दोस्रो स्थानमा एमाले छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छ।
देशभरबाट कांग्रेसले ५१, एमालेले ३९, माओवादी १७, एकीकृत समाजवादी १० र रास्वपा ७ स्थानमा विजयी भएका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ५, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएका छन्।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन्।
यस्तै, कांग्रेसले ५ र एमालेले ३ स्थानमा अग्रता बनाउँदा माओवादी केन्द्र, रास्वपा र जसपा एक–एक स्थानमा अग्रता बनाएका छन्। बाँकी तीन स्थानको मतगणना नै भएको छैन।
मंसिर १०, २०७९ शनिबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।