प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, निर्वाचनको परिणाम र विकसित राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ। भेट प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो।
भेटका क्रममा उनीहरूबीच निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मंसिर १०, २०७९ शनिबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।