समानुपातिकतर्फ एमालेको मत १८ लाखमाथि, प्रदेश सभातर्फ कुन दलको कति मत ?

समानुपातिकतर्फ एमालेको मत १८ लाखमाथि, प्रदेश सभातर्फ कुन दलको कति मत ?

काठमाडौं: प्रतिनिधि  तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ। यसैक्रममा समानुपातिकको मतगणना पनि जारी छ।

हालसम्म प्रतिनिधि सभाको समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ। एमालेले सुरुदेखि नै अग्रता कायम गरिररहेको छ। यद्यपि, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भने सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस अगाडि छ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार बिहान १०ः३० सम्म एमालेले समानुपातिकमा १८ लाख नौ हजार ४१७ मत प्राप्त गरेको छ। कांग्रेसले १७ लाख ४४ हजार ६९ मत पाएर दोस्रो स्थानमा छ। यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। यसले सात लाख ८७ हजार ७४७ मत पाएको छ। गठबन्धनको दोस्रो प्रमुख दल माओवादी केन्द्रले सात लाख ६७ हजार ३०६ मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार ९४३, एकीकृत समाजवादीले एक लाख ६४ हजार ८५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार ५८२ र जनमत पार्टीले एक लाख ४८ हजार ४०४ मत प्राप्त गरेको छ।

प्रदेश नं १

प्रदेश १ को प्रदेश सभातर्फ पनि एमाले अगाडि देखिएको छ। एमालेले तीन लाख पाँच हजार ४०८ मत प्राप्त गरेको छ। कांग्रेसले दुई लाख ७० हजार ९५७ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार ६०४, माओवादी केन्द्रले ८६ हजार २७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ।

मधेश प्रदेश

यहाँ भने नेपाली कांग्रेस अगाडि छ। कांग्रेसले एक लाख ४२ हजार ३२४ मत पाउँदा एमालेले एक लाख १४ हजार ७७५ मत पाएको छ।

जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार ५०१, माओवादी केन्द्रले ५१ हजार १६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार ११८ मत प्राप्त गरेको छ।

बागमती प्रदेश

यस प्रदेश सभामा एमाले तीन लाख १६४ मतसहित अगाडि छ। कांग्रेसले दुई लाख ६२ हजार ५४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार ११८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार ५६८ मत प्राप्त गरेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सभामा एमालले दुई लाख ९१ हजार १०५ मत पाएको छ। कांग्रेसले दुई लाख ६८ हजार ८८०, माओवादी केन्द्रले एक लाख सात हजार ६५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभामा एमालेले तीन लाख ८३ हजार ७८९, कांग्रेसले तीन लाख ४६ हजार ७०८, माओवादी केन्द्रले एक लाख ३५ हजार ९०४, राप्रपाले ८३ हजार ८९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार १४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन्।

कर्णाली प्रदेश

यस प्रदेश सभामा माओवादी केन्द्र अगाडि छ। माओवादीले ८४ हजार २९५ मत पाउँदा एमालेले ८३ हजार ९४९ मत पाएको छ।

यस्तै कांग्रेसले ६६ हजार ९११, एकीकृत समाजवादीले १९ हजार ९१५ मत प्राप्त गरेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभामा एमालेले एक लाख ९० हजार ५७७ मत पाएको छ। कांग्रेसले एक लाख ७९ हजार ७२२ मत पाएको छ।

माओवादी केन्द्रले ८५ हजार २४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार ६०५ र एकीकृत समाजवादीले ३३ हजार ३७५ मत प्राप्त गरेको छ।

मंसिर १०, २०७९ शनिबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।