विश्वकपमा आज यी टोली भिड्दै, १२:४५ मा अर्जेन्टिनाको दोस्रो खेल

विश्वकपमा आज यी टोली भिड्दै, १२:४५ मा अर्जेन्टिनाको दोस्रो खेल

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज तीन खेल हुनेछन्। राति १२ बजेपछि एक खेल हुनेछ।

विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का खेल हुनेछन्। पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। 

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ। पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।

यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

यस्तै राति १२ बजेपछि अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ। समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

मंसिर १०, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।