विश्वकप: गोलरहित बराबरी खेले अमेरिका र इङ्ग्ल्याण्डले

विश्वकप: गोलरहित बराबरी खेले अमेरिका र इङ्ग्ल्याण्डले

काठमाडौं: कतारमा जारी फिफा विश्वकपमा गए राति सम्पन्न अमेरिका र इङ्ग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन्।

समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन्। यो समूहमा यी दुई टोलीसँगै ईरान र वेल्स रहेका छन्।

समूहका हरेक टोलीले दुई/दुई वटा खेल खेलिसकेका छन्। अहिलेसम्म इङ्ग्ल्याण्डले ईरानलाई ६–२ ले पराजित गरेको छ भने अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ।

त्यस्तै ईरानले इङ्ग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ। अमेरिकाले वेल्ससँग १–१ तथा इङ्ग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ।

वेल्स भने ईरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ।

अब बुधबार राति इङ्ग्ल्याण्ड र वेल्स तथा अमेरिका र ईरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ।

मंसिर १०, २०७९ शनिबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।