हुम्लाबाट माओवादीका लामा प्रतिनिधि सभामा विजयी

सुर्खेत: प्रतिनिधि सभा निर्वाचनअन्तर्गत हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन्। उनी चार हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन्।
लामाले १४ हजार ३७१ मत ल्याउँदा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए। राप्रपाका तेजबहादुर रावत ३७९ मतमा सीमित भए। हुम्लामा ५२८ मत बदर भएको थियो।
पराजित रावल कर्णाली प्रदेशकाे पहिलो सामाजिक विकासमन्त्री हुन् भने विजयी लामा गैरसांसदका रूपमा प्रदेशकाे ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए।
मंसिर १०, २०७९ शनिबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।