कर्णालीका मुख्यमन्त्री शाही हुम्ला (ख) बाट निर्वाचित

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला (ख) बाट निर्वाचित

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन्। हुम्लाको प्रदेश (ख) बाट मुख्यमन्त्री शाही चार हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन्।

शाहीको पक्षमा सात हजार ५६ मत आएको छ। एमालेका लामाले दुई हजार ९७९ मत प्राप्त गरे।

प्रदेश (ख) मा १० हजार ३१४ मत खसेको थियो। यस्तै गरी राप्रपाको नैनसिंह रावतले ९८ मत ल्याएका छन्। राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए।

०७४ मा लामा स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए। मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मुख्यमन्त्रीको दावेदार हुन्।

मंसिर १०, २०७९ शनिबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।