तेह्रथुम: कांग्रेसकी सीता गुरुङ विजयी

काठमाडौं: तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन्। निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।
त्यसैगरी एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन्।। उनीहरूबीचमा एक हजार ७९ मतान्तर रहेको छ।
एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार थिए।
मञ्चका विष्णुकुमार चोङवाङ ७२३ मत प्राप्त गरी तेस्रो भएका छन्।
मंसिर १०, २०७९ शनिबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।