नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

काठमाडौं: नुवाकोटको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवारको रूपमा रहेका कांग्रेसका केसीले २८ हजार १०७ मत ल्याएर विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए।

यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले केसी पराजित भएका थिए। यस पटक भने खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले उनी निर्वाचित भएका हुन्।

कुल खसेको ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार ५७१ मत ल्याए भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत धामीले बताए। यस निर्वाचन क्षेत्रको प्रदेश–ख को गणना जारी छ।

मंसिर १०, २०७९ शनिबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।