छैटौं मिनेटमै इक्युडरको पोस्टमा नेदरल्याण्डको गोल

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलको शुक्रबारको तेस्रो खेलमा नेदरल्याण्डले इक्युडरविरुद्ध पहिलो गोल गरेको छ।
खेलको छैटौं मिनेटमा नेदरल्याण्डका कोडी गाक्पोले इक्युडरको पोस्टमा गोल गरेका हुन्। उनले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको हो।
आफ्नो पहिलो खेलमा नेदरल्याण्डले सेनेगललाई २–० गोलअन्तरले पराजित गरेको थियो। इक्युडरले पनि पहिलो खेलमा आयोजक कतारलाई २–० गोलले नै पराजित गरेको थियो।
मंसिर ९, २०७९ शुक्रबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।