नुवाकाेट १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी

काठमाडाैं : नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्।
उनले एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले पराजित गरेका हुन्।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार तामाङले २६ हजार ५४८ मत प्राप्त गरेका हुन्।
एमालेका मैनालीले भने २३ हजार ४६३ मत प्राप्त गरे।
मंसिर ९, २०७९ शुक्रबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।