रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल १३ सय ६६ मतान्तरले विजयी

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल १३ सय ६६ मतान्तरले विजयी

बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन्।

पौडेलले २७ हजार १७४ ल्याए भने, गणेशले २५ हजार ७८१ मत ल्याउन सके।
 
त्यस्तै सत्तारुढ गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे। थापाले २२ हजार ८ मत ल्याए।

विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जीत हो। उनले २०६४ तत्कालिन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालिन माओवादीकै नेता डा. बाबुरा भटराई, २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए।

यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो। रुपन्देही २ सँगै क्षेत्र नम्बर ५ बाट पनि एमालेका बाशुदेव घिमिरे जितेका छन् भने क्षेत्र नम्बर १ बाट सचिव छविलाल विश्वकर्मा जित नजिक छन्।

मंसिर ९, २०७९ शुक्रबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।