रुपन्देही–१ मा १० हजार मत गन्न बाँकी, घनश्याम भुसाल ३ हजार मतले पछाडि

रुपन्देही–१ मा १० हजार मत गन्न बाँकी, घनश्याम भुसाल ३ हजार मतले पछाडि

बुटवल : रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र  उम्मेदवार घनश्याम भुसाल ३ हजार मतले पछाडि छन्।

८५ हजार ८५४ मत गणना हुँदा एमालेका छविलाल विश्वकर्माभन्दा उनी ३ हजार २८० मतले पछाडि परेका हुन्। उनलाई सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ।

भुसालले १८ हजार ९३२ मत ल्याउँदा एमालेका विश्वकर्माले २२ हजार २११ मतसहित अग्रता कायम राखेका छन्।

यस क्षेत्रमा ९५ हजार ९०० मत खसेको थियो। अब १० हजार ४६ मत गन्न बाँकी छ।

मंसिर ९, २०७९ शुक्रबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।