एमालेबाट सहाेदर दाजुभाइ नै प्रदेशसभा सदस्य निर्वाचित

एमालेबाट सहाेदर दाजुभाइ नै प्रदेशसभा सदस्य निर्वाचित

बुटवल : लुम्बिनी प्रदेशमा एमालेबाट दाजुभाइ नै निर्वाचित भएका छन्।

रूपन्देही २ (२) बाट एमालेका भोजप्रसाद श्रेष्ठ र पाल्पा १ (२) बाट राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन्। भोजप्रसाद र राजुप्रसाद सहोदर दाजुभाइ हुन्।

पाल्पाको रामपुरबाट रूपन्देही गएर लामो समयदेखि राजनीतिमा सक्रिय भोज प्रसाद श्रेष्ठ दाइ हुन्। भाइ राजु जन्मथलो रामपुर रहेर राजनीति र समाजसेवा निरन्तरता दिँदै आएका छन्।

भोजप्रसाद यसअघि २०७४ मा एमालेबाट प्रदेश सभा सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि भएका हुन्।

भोजप्रसादले माओवादी केन्द्रका बामदेव  क्षेत्रीलाई पराजित गर्दै पुन: प्रदेशसभामा निर्वाचित भएका हुन्। उनले खसेको मतमध्ये १६ हजार ३०० मत प्राउँदा घिमिरेले ९ हजार ४१० मत ल्याएका थिए।

यता पाल्पा १ (१) मा निर्वाचित राजुले कांग्रेसका श्यामकान्त खनाललाई हराएका हुन्। राजुले ३१ हजार २११ मत मध्ये १७ हजार ६४२ मत प्राप्त गरे। प्रतिस्पर्धी खनालले १२ हजार २५२ मत प्राप्त गरे।

मंसिर ९, २०७९ शुक्रबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।