कास्कीको (क) प्रदेश सभामा एमालेका अधिकारी निर्वाचित 

कास्कीको (क) प्रदेश सभामा एमालेका अधिकारी निर्वाचित 

पोखरा : कास्की क्षेत्र नम्बर १ को (क) प्रदेशसभामा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्।

उनले माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। अधिकारीले १५ हजार ५२३ प्राप्त गरे।

उनका प्रतिस्पर्धी कोइरालाले ११ हजार ५२७ मत पाए। निर्वाचित अधिकारी यसअघि कास्की क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य थिए।

एमालेको संगठन विभाग प्रमुखसमेत रहेका उनी यसअघि स्वाथ्य र गृह मन्त्री बनेका थिए।

अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री दावेदार हुृन्। एमालेले गण्डकी प्रदेश सभामा कूल ११ सिट जितेको छ।

मंसिर ९, २०७९ शुक्रबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।