कतार विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपरलाई

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन्।
दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह ुबीुअन्तर्गत इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका हुन्।
इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण उनले रातो कार्ड पाएका हुन्।
रेफ्रिले सुरूमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका हुन्।
मंसिर ९, २०७९ शुक्रबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।