स्याङ्जा १(ख)बाट प्रदेशसभामा एमालेका पौडेल ६ मतले निर्वाचित

स्याङ्जा १(ख)बाट प्रदेशसभामा एमालेका पौडेल ६ मतले निर्वाचित

पोखरा : स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा (ख)बाट एमालेका सुधिरकुमार पौडेल ६ मतले निर्वाचित भएका छन्। उनले कांग्रेस बुद्धिबहादुर रानालाई ६ मतले पराजित गरेका हुन्।

पौडेलले १७ हजार ४ सय ४१ मत ल्याइ विजयी हुँद रानाले १७ हजार ४३५ मत पाए। राप्रपाकी शान्ती कुमारी हमालले १ हजार ५७४ मत पाइन्।

पौडेल यसअघि आँधिखोला गाउँपालिका अध्यक्ष थिए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका उनी स्याङ्जा एमालेको जिल्ला उपाध्यक्षसमेत भइसकेका छन्।

स्याङ्जाको क्षेत्र नं १ (क)बाट एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन्। विवादका कारण  स्याङ्जा क्षेत्र नं. २ को मतगणना अनिश्चित बनेको छ।

चापाकोटको मतदान केन्द्रको बुथ कब्जा गरेर कांग्रेसले एकलौटी मतदान गरेको भन्दै एमाले उम्मेदवार पद्मा अर्यालले निर्वाचन आयोगमा उजुरी दिएपछि मतगणना रोकिएको हो।

आयोगले यस विषयमा थप निर्णय गर्न सकेको छैन।

मंसिर ९, २०७९ शुक्रबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।