कालीकोट प्रदेश सभा (२) मा कांग्रेसका विष्ट विजयी

सुर्खेत : कालीकोट प्रदेश सभा (२) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्।
जम्मा खसेको मतमा विष्टले ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन्। उनले १३ हजार ७८३ मत ल्याएका छन्।
उनका आफ्ना निकटम प्रतिस्पर्धी एमालेका वीरेन्द्र बोगटी पराजित भएका छन्। उनले ५ हजार ८३९ मत प्राप्त गरे।
कालीकोटबाट माओवादीको साथमा ३० वर्षपछि कांग्रेसले जित हासिल गरेको हो।
मंसिर ९, २०७९ शुक्रबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।