कर्णालीका पूर्वमुख्यमन्त्री शाही कालीकोटबाट प्रतिनिधिसभामा निर्वाचित

सुर्खेत : कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।
शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेन्द्रले २४ हजार ४७४ मत पाएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका शाहीले १६ हजार ४१० मत पाए।
निर्वाचित शाही माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
मंसिर ९, २०७९ शुक्रबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।