नुवाकोट–१ मा मैनाली र तामाङबीच २१ सयको मतान्तर

काठमाडौ : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमाले र सत्ता गठबन्धनका नेताबीच २१ सयभन्दा बढि मतान्तर छ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रहेको हितबहादुर तामाङले यहाँ अग्रता कायम गरेका छन्। उनले २२ हजार ९१७ मत प्राप्त गरे।
तामाङ यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्। उनले २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी एमालेका बद्री मैनालीले २० हजार ८०० मत प्राप्त गरेका छन्। उनले पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका हुन्।
२०७४ को निर्वाचनमा माओवादीसँग एकता गरेर निर्वाचनमा जाँदा यस क्षेत्र माओवादीको भागमा परेको थियो।
मंसिर ९, २०७९ शुक्रबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।