१६५ मध्ये आयो ८८ स्थानको मतपरिणाम, कसले कति सिट ल्याए?

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका १६५ निर्वाचन क्षेत्रमध्ये ८८ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।
शुक्रबार दिउँसो पौने ३ बजेसम्मको मतपरिणामअनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेस विजयी भएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ।
उसले २७ क्षेत्रमा जित र २६ क्षेत्रमा अग्रता बनाउँदा दोस्रो बनेको एमालेले २४ क्षेत्रमा जित र २२ क्षेत्रमा अग्रता बनाएको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको ९ स्थानमा जित ९ स्थानमा अग्रता छ भने एकीकृत समाजवादी ६ स्थानमा जित र ४ स्थानमा अग्रतासहित चौथो स्थानमा छ।
केही महिनाअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा जित र ३ स्थानमा अग्रतासहित अघि बढिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित र ३ स्थानमा अग्रता कायम गरिरहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले ३ स्थानमा जित हासिल गर्दा जनता समाजवादी पार्टीले २ स्थानमा जित र ४ स्थानमा अग्रता बनाएको छ। लोसपाले एक ठाउँमा पनि अग्रता बनाएको छैन।
यस्तै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले एक–एक ठाउँमा जित्दा स्वतन्त्र उम्मेदवारी दिएकाहरू पाँच स्थानमा विजयी भएका छन्।
मंसिर ९, २०७९ शुक्रबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।