१४ वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ

१४ वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ

दाङ : जिल्लामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१७ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर ९, २०७९ शुक्रबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।