बाजुरा घटनाको सम्बन्धमा आयोगबाट अनुसन्धान शुरू

काठमाडौं : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा बाजुरा जिल्लामा दुईजनाको मृत्यु भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरू गरेको छ।
घटनाको बारेमा स्थलगत छानबिन तथा अनुृसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लामा खटिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
आयोगले जिल्लामा खटिएको टोलीलाई आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलहरू, नागरिक समाज तथा पीडित परिवार र सर्वसाधारणसँग आग्रह गरेको छ।
बाजुरामा गत मंसिर ४ गते निर्वाचनको दिन झडप भएको थियो भने बुथ कब्जासमेत गरिएको थियो। स्थितिलिाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो।
मंसिर ९, २०७९ शुक्रबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।