हुम्ला (ख): कर्णालीका मुख्यमन्त्री शाही सुरुआतमै फराकिलो मतान्तरले अगाडि

सुर्खेत: हुम्ला प्रदेश सभा (ख) मा कर्णालीका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीले मतगणनाको सुरुमै अग्रता फराकिलो बनाएका छन्। तीन हजार २८२ मत गणना गर्दा कांग्रेसका शाहीको पक्षमा दुई हजार ६६० मत आएको छ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका छक्कबहादुर लामाको पक्षमा ५९४ मत मात्रै आएको छ। यस्तै १५ वटा मत बदर भएका छन्।
अन्य दलले १३ मत ल्याएका छन्।
मंसिर ९, २०७९ शुक्रबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।