डोल्पा (ख): बहालवाला मन्त्री शाही निर्वाचित

सुर्खेत: कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा (ख) बाट निर्वाचित भएका छन्। पाँच हजार २९५ मतसहित शाही पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरेका हुन्। एमाले नेता बैजीले चार हजार ५९५ मत पाएका छन्।
निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन्। यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन्।
मंसिर ९, २०७९ शुक्रबार १३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।