सप्तरी- ४ (क) मा एकीकृत समाजवादीका न्यौपाने विजयी, (ख) मा स्वतन्त्र उम्मेदवार यादव निर्वाचित

काठमाडौं: सप्तरी क्षेत्र नं ४ को प्रदेश सभा (क) मा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने पुनः निर्वाचित भएका छन्। ११ हजार ४२९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार ५५८ मत ल्याए। एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए।
गत निर्वाचनमा एमालेबाट १५ हजार ११३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार ३९५ मत ल्याएका थिए। हालसम्म यहाँका आठ प्रदेश सभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक स्थानमा विजय हासिल गरेको छ।
यस्तै सप्तरी- ४ को (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे। यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार ७७३ मत प्राप्त गरे।
मंसिर ९, २०७९ शुक्रबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।