कास्की- १: प्रतिनिधि सभा सदस्यमा एमालेका गुरुङ निर्वाचित

पोखरा: कास्कीको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन्। उनले पमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरदत्त बराललाई दुई हजार ५१९ मतले पछि पार्दै विजयी भएका हुन्।
नेकपा एमाले मनबहादुर गुरुङले २५ हजार ७०८ मत प्राप्त गर्दा कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८९ मत प्राप्त गरे। मनबहादुर यसअगाडि गण्डकी प्रदेश सभा सदस्य थिए।
एमालेबाट कास्की–१ मा २०४८ सालदेखि २०७० बाहेकको निर्वाचनमा लगातार खगराज अधिकारी चुनाव लड्दै आएका थिए। तर, यसपटक भने लगातार चुनाव लड्दै आएका खगराजलाई प्रदेश सभामा पठाएर एमाले कास्कीका अध्यक्ष समेत रहेका मनबहादुरलाई उम्मेदवार बनाइएको थियो।
मंसिर ९, २०७९ शुक्रबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।