सिन्धुपाल्चोक- २: एमालेका शेरबहादुर तामाङको हार, पहिलो पटक कांग्रेसको जित

सिन्धुपाल्चोक- २: एमालेका शेरबहादुर तामाङको हार, पहिलो पटक कांग्रेसको जित

काठमाडौं: शुक्रबार बिहान सकिएको मतगणनाअनुसार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छ्न्। बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत मात्रै ल्याए।

सत्ता गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताएका बस्नेत क्षेत्र नम्बर २ मा पुगेका थिए।

यससँगै सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलो पटक जित निकालेको हो।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले दुई हजार ८१९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले दुई हजार ४५२ मत ल्याइन्।

मंसिर ९, २०७९ शुक्रबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।