पश्चिम नवलपरासी- २: तेस्रो प्रयासमा सफल भए पूर्व आईजीपी प्रधान

बुटवल: पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ध्रुवबहादुर प्रधान विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउँदै प्रधान विजयी भएका हुन्।
प्रधानले ३४ हजार ७५९ मत ल्याए। उनले कँडेललाई १५ हजार १६५ मतान्तरले हराएका हुन्।
कांग्रेसका कँडेलले १९ हजार ५९४ मत ल्याएका छन्। त्यस्तै एमालेका दीपेन्द्रकुमार अधिकारी तेस्राे स्थानमा छन्। उनले १४ हजार ४९८ मत ल्याए।
प्रधानले सुरुदेखि नै यस क्षेत्रमा अग्रता लिएका थिए। उनलाई कुनै पनि बेला न त कांग्रेसका कँडेलले न त एमालेका अधिकारीले पछाडि पार्न सके। हरेक मतपेटिकामा उनैले अग्रता बनाएका थिए।
नेपाली कांग्रेसका कँडेलले हालसम्म ६ पटक चुनाव लडेका छन्। जसमा उनले तीन पटक जितेका छन् भने तीन पटक हार व्यहोर्नुपरेको छ।
यस्तै प्रधानकाे याे पहिलाे जित हाे। उनले तीन पटक चुनाव लड्दा पहिलो पटक जित हात पारेका छन्।
मंसिर ९, २०७९ शुक्रबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।