मोरङ- ४: माओवादीका मोदी निर्वाचित

काठमाडौं: मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका छन्। उनी ३० हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकाल २४ हजार ४६३ मत प्राप्त गरी दोस्रो भए।
त्यसैगरी निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (ख)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार ४७९ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवन घिमिरेले नौ हजार ६९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए।
मंसिर ९, २०७९ शुक्रबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।