कतार विश्वकप: कुन-कुन टोली कति बजे भिड्दै ?

कतार विश्वकप: कुन-कुन टोली कति बजे भिड्दै ?

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ। यस्तै मध्यरातिपछि एक खेल हुनेछ।

आज समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन्। पहिलो खेल समूह ‘बी’ मा रहेको वेल्स र ईरानबीच नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बाट सुरु हुनेछ।

यस्तै आजको तेस्रो खेलमा नेदरल्याण्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ मा रहेको यी दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

यस्तै राति १२:४५ मा भने समूह ‘बी’ मा रहेका इङ्ग्ल्याण्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

मंसिर ९, २०७९ शुक्रबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।